राजविराज– राजविराज नगरपालिका ५ का वडाध्यक्ष समीर झाको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सप्तरीमा ४ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
छिन्नमस्ता गाउँपालिका ६ का सनत मण्डल, अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ का भुवन चौधरी, खडक नगरपालिका ९ का कृष्णदेव चौधरी र सुनसरीको इनरुवा नगरपालिका ६ का हिमानसुलाल कर्णलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले गत असोज ७ गते राजविराज नगरपालिका ५ स्थित झाको घरअगाडि राखेको स १ ब १०२४ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
मोटरसाइकल राजविराज नगरपालिका कार्यालयको नाममा छ।
_x000D_
_x000D_
नम्बर परिवर्तन गरी स ५ प ६३८८ नंको प्लेट लगाएर प्रयोग गरिरहेको अवस्थामा अग्निसाइर कृष्णसवरण गाउँपालिका १ स्थित महुली खोलाको पुल नजिकैबाट उनीहरु पक्राउ परेका डिएसपी भावेश रिमालले बताए।
_x000D_
_x000D_
जिल्ला अदालत राजविराजबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भयरहेको रिमालले जानकारी दिएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।