काठमाडाैं- राष्ट्रिय सभा सांसद विजय सुब्बाले सुन्दरी प्रतियोगिताका कारण बलात्कारका घटना बढेको बताएका छन्। राज्य व्यवस्था समितिकाे बैठकमा सांसद सुब्बाले उक्त कुरा बताएका हुन्।
_x000D_
_x000D_
'सुन्दरी प्रतियाेगिता र अश्लील सिनेमा राेक्न सरकार किन लाग्दैन? युट्युबमा अश्लील विज्ञापन हेरेपछि बलत्कार गर्दैन त? कम्युनिष्टले तिघ्रा बेच्न मिल्छ?' प्रतिप्रश्नको शैलीमा उनले भने।
_x000D_
_x000D_
निर्मला हत्या प्रकरणको दोषी पत्ता नलागेको प्रति उनले अाक्राेश व्यक्त गरे। 'निर्मला प्रकरणमा प्रमाण नष्ट गर्ने विष्टलाई के कारबाही हुन्छ? निलम्वन गर्दा प्रहरीको मनाेबल घट्छ भन्ने सुनियो, यदि यस्ताे हाे भने अब अनुसन्धान कतातर्फ मोडिन्छ?' समितिमा सरकारको अालोचना गर्दै उनले भने 'सरकारका मन्त्रीकाे सोच व्यवस्थित साेच देखिएन'।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।