काठमाडौं– त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रन–वे) मर्मतका लागि असोजभित्रै निर्माण कम्पनी छनोट हुने भएको छ। रन–वे मर्मतका लागि भएको चौथो पटकको टेन्डरमा सहभागी गौरीपार्वती कम्पनीको प्राविधिक मूल्यांकन सकिएसँगै आर्थिक प्रस्ताव माग गर्ने तयारी भएको विमानस्थल इन्जिनियरिङ महाशाखा प्रमुख मुरारी भण्डारीले बताए।
_x000D_
_x000D_
अब कम्पनीले आर्थिक प्रस्ताव पेस गरेपछि फास्ट ट्र्याकमार्फत भएपनि असोजभित्रै कम्पनीसँग सम्झौता गरिने उनले स्वष्ट पारे। बढी समस्या रहेको धावनमार्ग मर्मत तथा वर्षभरि गरिने नियमित मर्मतका लागि गरिएको टेन्डरमा गौरीपार्वती कम्पनीले मात्रै चासो देखाएको थियो।
_x000D_
_x000D_
विमानस्थल कार्यालयले तीन पटकसम्म ८ करोड रुपैयाँमा काम गर्नुपर्ने भन्दै गरेको टेन्डरमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि चौथो पटक झन्डै १ करोड रुपैयाँ बढाएर टेन्डर आह्वान गरेको थियो। ‘धावन मार्ग मर्मतका लागि वर्षा मौसम अगाडि नै कम्पनी छनोट गर्ने गरी तयारी गरिएको थियो’, महाशाखा प्रमुख भण्डारीले भने, ‘मर्मतका लागि तीन पटकसम्म भएको टेन्डरमा कसैले पनि चासो नदेखाउँदा कम्पनी छनोट हुन सकेको थिएन।’
_x000D_
_x000D_
कम्पनी छनोट हुन नसक्दा महाशाखाले यसअघि नियमित काम गर्दै आएको काष्ठमण्डप उमा कम्पनीसँग थप ६ महिनाको समय थप गर्दै धावनमार्ग मर्मत कार्यलाई अगाडि बढाउँदै आएको छ। नयाँ कम्पनी छनोट भएपछि तत्काल बढी समस्या देखिएको धानवमार्गमा कटिङ गर्दै मर्मत गर्ने र आगामी असार मसान्तसम्म धावनमार्गको नियमित मर्मत गर्ने जिम्मा पाउने भन्डारी बताउँछन्।
_x000D_
_x000D_
धावनमार्गमा अहिले जहाज अवतरण गर्ने क्षेत्रलगायत ट्याक्सी–वेको ‘सी’ र ‘डी’ खण्डमा बढी समस्या देखिएको छ। बारम्बार धावनमार्गको पिच उप्किँदा दैनिक ३ देखि ४ पटकसम्म न्यूनतम २० मिनेटदेखि ४५ मिनेटसम्म जहाजलाई आकसमै होल्ड गराएर काम गर्नुपर्ने बाध्यता छ। तर, अहिले वर्षा कम भएसँगै रन–वेको पिच उप्कने क्रमपनि घट्दो रहेको उनले दाबी गरे।
_x000D_
_x000D_
सन् १९८० को दशकमा निर्माण भएको धावनमार्गमा पछिल्लो समय बढी नै समस्या देखिएको भण्डारी बताउँछन्। केही महिनाअगाडि देखि ठूला जहाज अवतरण गने बित्तिकै रन–वेको पिच उप्कने गरेको थियो। महाशाखाले अहिले पनि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम धावनमार्ग टालटुलमै खर्च गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।