पर्सा- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन्। राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले संघीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा संघीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
उनले कर वृद्धिको आडमा लोकतन्त्र विरोधीहरु संघीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेको आरोप लगाए। स्थानीय तथा संघीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन पनि उनले अपिल गरे।
_x000D_
_x000D_
नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिबद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनै पनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।