काठमाडौं- विकास निर्माणको काममा ढिलाइ हुनुमा ९० प्रतिशत दोष पूर्वसांसदहरुलाई जाने सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियारले बताएका छन्।
_x000D_
_x000D_
संघीय समाजवादी फोरम नेपालका सांसद रौनियारले बुधाबार भएको विकास समितिको बैठकमा यस्तो अभिव्यक्ति दिएका हुन्। कुन समितिका कस्ता सांसद राख्ने भने विषय निर्देशिकाले तय गर्ने हुँदा सांसदहरुले विकास समितिमा ठेकेदार रहेको भनेर विरोध गर्नुको कुनै औचित्य नरहको उनको भनाइ थियो।
_x000D_
_x000D_
विकास समितिमा निर्माण व्यवसायीहरू पनि सदस्य भएको भन्दै यसअघिको बैठकमा सांसदहरूले निर्माण व्यवसायी सांसदहरूको आलोचना गरेका थिए।
_x000D_
_x000D_
उनी निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका पूर्वअध्यक्ष समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।