काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज सिंगापुर जाँदै छन्।
_x000D_
_x000D_
प्रचण्ड पत्नी सीताको उपचारको लागि सिंगापुर जान लागेका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
_x000D_
_x000D_
प्रचण्ड–सीताको साथमा छोरी गंगा पनि जाने कार्यक्रम छ।
_x000D_
_x000D_
उनीहरु राति ९ बजे त्यता प्रस्थान गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
छोरा प्रकाशको मृत्युपछि सीता पटकपटक बिरामी हुँदै आएकी छिन्। उनी सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्। गत असारमा पनि उनलाई सिंगापुरमै उपचार गरिएको थियो। त्यसअघि उनको उपचार भारतमा गरिएको थियो।
_x000D_
_x000D_
उनीहरु कहिले फर्किने भन्ने टुंगो नलागेको सापकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।