काठमाडौं– वन तथा कृषि उत्पादनलाई समृद्ध नेपालको लागि कसरी उपयोगी बनाउन सकिएला भनेर सम्बन्धित निकाय तथा विज्ञले चासो व्यक्त गरेका छन्।
_x000D_
_x000D_
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानसहित मंगलबार काठमाडौंमा आयोजना गरेको एकदिने कार्यशालामा सरकारी अधिकारी, विज्ञ र सम्बन्धित निकायले बहस गरेका हुन्।
_x000D_
_x000D_
वन तथा कृषि क्षेत्रमा देशले १ खर्ब व्यापार घाटा ब्यहोरिरहेको अवस्थालाई हटाएर समृद्ध नेपालको अभियानलाई साकार बनाउने उनीहरुको प्रतिबद्धता थियो।
_x000D_
_x000D_
दुई समूहमा विभाजित कार्यशालामा सरकारी निकाय, वन तथा कृषि उत्पादक संस्था र अन्य विकासशील संस्थाका प्रतिनिधि सहभागी थिए। पहिलो समूहअन्तरगत उनीहरुले वन तथा कृषि जीवीकोपार्जनका सम्भावना, चुनौती र समस्या समाधानका उपायबारे गहन छलफल गरे।
_x000D_
_x000D_
दोस्रो समूहमा सहभागी प्रतिनिधिको छलफल सामुदायिक वन महासंघले अघिल्लो ४ वर्षमा प्राप्त गरेका उपलब्धिमाथि केन्द्रित थियो। सो क्रममा उनीहरुले आगामी कार्यक्रम, सरोकारवाला निकायसँगको समन्वयबारे धारणा सार्वजनिक गरेका छन्।
_x000D_
_x000D_
सन् २०१३ मा सुरु वन तथा कृषि सहज कार्यक्रमको निरन्तरता स्वरुप दोस्रो चरणको कार्यक्रमको रुपमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले कार्यशाला गरेको हो।
_x000D_
_x000D_
पहिलो चरणका सिकाइसँगै दोस्रो चरणको कार्यक्रम उद्घाटनको रुपमा सामुदायिक वन उपभोक्ता महासंघ (फोकोफन)ले कार्यशाला गरेको हो। जुन जलवायु परिवर्तन र त्यसबाट जीवीको पार्जनमा पर्ने असरमाथि केन्द्रित हुने बताइएको छ।
_x000D_
_x000D_
यस क्रममा सामुदायिक वन महासंघले साना उद्योगको क्षमता विकास, वित्तिय पहुँच, बजारिकरण, सहज नीति निर्माण र निगरानीको क्षेत्रमा काम गर्ने जनाएको छ।
_x000D_
_x000D_
कार्यशालामा वनमन्त्री शक्तिबहादुर बस्नेतले समृद्ध नेपाल निर्माणको लागि वन तथा कृषि उत्पादक संस्थाको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए।
_x000D_
_x000D_
यसका लागि उनले वन तथा कृषि उत्पादक संस्था सक्रिय हुनुपर्ने बताएका छन्। यस क्रममा देखिने कानूनी झन्झट अब हट्ने बाचा गर्दै सहयोगका लागि सरकार सधैँ प्रतिबद्ध रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।