इटहरी– ‘एक स्थानीय तह एक प्राबिधिक शिक्षालय’को अवधारणा अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाली विज्ञान विषय अध्यापन सुरु भएको छ।
_x000D_
_x000D_
सुनसरीको बराहक्षेत्र– ५ मा रहेको जगन्नाथ डेढराज जनता (जडेज) मावि कालाबन्जरमा यो वर्षदेखि जिल्लाकै पहिलो बाली विज्ञान विषयको पठनपाठन सुरु भएको हो।
_x000D_
_x000D_
कृषिबालीको लागि अत्यन्तै उर्वर मानिएको सुनसरीमा बाली विज्ञान प्राबिधिक शिक्षालय प्रभाकारी हुने मानिएको छ। सरकारको राष्ट्रिय नीतिको मोडलअनुसार मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ विषय पठन पाठनको उद्घाटन गरेका हुन्।
_x000D_
_x000D_
जडेज माविमा भएको बाली विज्ञान विषय पठनपाठनको उद्घाटनमा बोल्दै मन्त्री पोखरेलले ग्रामीण भेगको विशेषतामा आधारित प्राविधिक विषयको अध्यापन सुरु हुनु खुसीको विषय भएको बताए।
_x000D_
_x000D_
आधुनिक तरिकाबाट कृषि कर्म गर्ने दक्ष जनशक्तिको अभाव खड्किइरहेको बेला प्राविधिक शिक्षाको आवश्यकता व्यापक रहेको उनको भनाइ थियो। ‘शिक्षालय खोल्दै जाँदा शिक्षाको गुणस्तर र प्रयोगात्मक कुरामा जोड दिएर दक्ष शिक्षकहरूले अध्यापन गराउन पनि आवश्यक छ,’ उनले भने, ‘नेपालको कृषि शिक्षा परम्परागत र कामचलाउ पाराको छ। अब कृषि क्षेत्रको व्यापक विकास र उत्पादन वृद्धि गर्न प्राबिधिक शिक्षालय आवश्यक छ।’
_x000D_
_x000D_
नगरपालिकाको पहलमा बाली विज्ञान विषयको ३ वर्षे डिप्लोमा तहका लागि सिटिइभिटीसँग सम्बन्धन लिएर अध्यापन सुरु गरिएको हो।
_x000D_
_x000D_
स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीय हर्षित भएका छन्।
_x000D_
_x000D_
पुरानो तरिकाबाट कृषि कार्य गर्दै आएकोमा आधुनिक शैलीमा कृषि विषय पढाइ हुने भएपछि स्थानीय विद्यार्थी पनि आकर्षित भएको विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले बताए।
_x000D_
_x000D_
बराहक्षेत्र नगरपालिकाले बाली विज्ञान अध्ययनको पूर्वाधार निर्माणमा १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
_x000D_
_x000D_
सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यको लागि खर्च गर्न दिएको मेयर नीलम खनालले बताए।
_x000D_
_x000D_
‘नगर मात्रै नभएर जिल्लाकै एक ठाउँमा मात्र बाली विज्ञान विषयको पठनपाठन हुने भएपछि सुनसरीका विद्यार्थीलाई अध्ययनका लागि जिल्लाबाहिर जानुपर्ने समस्या हट्ने छ’ खनालले भने, ‘एउटा स्थानीय तहमा एउटा प्राविधिक शिक्षालयको नीतिअनुरूप कृषियोग्य भूमि भएको यो ठाउँमा नगरपालिकाको विशेष पहलमा शिक्षालय सुरुवात भएको हो ।’
_x000D_
_x000D_
सिटीइभिटीको सम्बन्धन प्राप्त बाली डिप्लोमा तहको विज्ञान विषयमा वार्षिक ४० जना विद्यार्थीको कोटा रहने र एसईई पास गरेका जो कोहीले पनि सिटीइभिटीले लिने प्रवेश परीक्षामा नाम निकालेर अध्ययन गर्न पाउने भएका छन् ।
_x000D_
_x000D_
‘पूर्ण शुल्कीय र निःशुल्क दुवै तरिकाबाट पढ्नका लागि सिटीइभिटीकै परीक्षा पास गर्नुपर्ने सुचना अधिकारी भट्टराईको भनाइ छ।
_x000D_
_x000D_
निशुल्क वा पैसा तिरेर कति सङ्ख्यामा विद्यार्थी पढाउने भन्ने सबै काम सिटीइभिटीले निर्धारण गर्ने उनले बताए।
_x000D_
_x000D_
जहाँ बाली विज्ञान कोर्षमा बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायिक विकास, उद्यमशीलतालगायतका विषयहरूको पढाइ हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।