दक्षिण कोरिया– नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अधिवेशनमा आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै दक्षिण कोरियाका लागि नेपाली राजदूतले पत्रकारलाई झपारेका छन्।
_x000D_
_x000D_
कार्यक्रममा उपस्थित राजदूत अर्जुन जंग बहादुर सिंहले वरीयता मिचेर महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यभन्दा आफूलाई तल पारिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले निमन्त्रणापत्रमा आफूलाई प्रमुख अतिथिको रुपमा उपस्थित हुन भनिएको तर कार्यक्रममा विशिष्ट अतिथि बनाइँदा आफ्नो अपमान गरिएको बताए।
_x000D_
_x000D_
बोल्दा सम्पूर्ण समय पत्रकारको आलोचनामा खर्चिएका सिंहले आगामी दिनमा आफूलाई प्रमुख अतिथि नबनाइए दूतावास र सरकारलाई नै स्वकार्य नहुने भन्दै झपारे। प्रमुख अतिथि नबनाइएको आक्रोशमा राजदूत सिंहले भने, ‘यति कुरा पनि थाहा नहुनेले के को महासंघ खडा गर्दै हुनुहुन्छ, पित्त कारिता हो यो तपाईंहरूको, पत्रकारिता होइन।’
_x000D_
_x000D_
आक्रोश व्यक्त गरिसकेर राजदूत सिंहले अन्य विषयमा प्रवेशै नगरी कार्यक्रम हलबाट रिसाउँदै बाहिरिएका थिए।
_x000D_
_x000D_
तर, महासंघ कोरियाका निवर्तमान अध्यक्ष खेम कार्कीले पत्रमा विशिष्ट अतिथि नै उल्लेख गरिएको बताउँदै राजदूतले पत्र नहेरी आउँदा गलत बुझाइ हुन गएको बताए।
_x000D_
_x000D_
महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कार्यक्रममा वरीयताको विषयलाई लिएर राजदूतद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहारले आफू चिन्तित बनेको भन्दै यो विषय पत्र काटेरै सरकारलाई जानकारी गराउने बताए।
_x000D_
_x000D_
राजदूत वरीयतामा १५ औं नम्बरमा पर्ने भए पनि कुनैपनि संस्थाको कार्यक्रममा संस्थाकै मुख्य व्यक्ति प्रमुख अतिथि हुने उनको तर्क थियो।
_x000D_
_x000D_
अन्य देशमा आफू जाँदा प्रमुख अतिथि आफूलाई नै बनाइएको स्मरण गराउँदै आचार्यले राजदूतको व्यवहारले यहाँका नेपालीलाई दुतावासले गर्ने व्यवहार झल्काउने बताए।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।