काठमाडौं– थारु कल्याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवम् राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।
_x000D_
_x000D_
उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै अर्का अध्यक्षमा उम्मेदवारी दिएका विश्राम महतोले भने जम्मा १० भोट पाएका थिए।
_x000D_
_x000D_
यस्तै थारु कल्याणकारिणी सभा जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्य निर्वाचित भएका छन्। झापाबाट हरिनारायण चौधरी सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन् भने मोरङबाट कन्नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्।
_x000D_
_x000D_
यस्तै उदयपुरबाट जयराम पञ्जियार, सप्तरीबाट साबित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्।
_x000D_
_x000D_
त्यसैगरी बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्य चयन भएका छन्।
_x000D_
_x000D_
यस्तै कपिलवस्तुबाट जञ्जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्यमा सर्वसम्मतिले चयन भएका छन्।
_x000D_
_x000D_
यता, थारु कल्याणकारिणी सभाले महिला केन्द्रीय सदस्यहरुको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेद्वारी दिएपछि चुनाव गराउनु परेको थियो।
_x000D_
_x000D_
जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन्।
_x000D_
_x000D_
निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए।अध्यक्षमा निर्वाचन भएपछि नवनर्वाचित अध्यक्ष धनिराम चौधरीले पहिलो बैठक बुधबार ११ बजे बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।