न्यूयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक भएका हुन्।
_x000D_
_x000D_
संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुगेका ओली विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मंगलबार राष्ट्र संघको मुख्यालयमा महासचिव गुटेरेसले स्वागत समारोहको आयोजना गरेका हुन्।
_x000D_
_x000D_
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति रहेको थियो।
_x000D_
_x000D_
मंगलबार नै संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनको छलफल आरम्भ भएको छ। प्रधानमन्त्री ओलीले यही असोज ११ गते अपराह्न महासभालाई सम्बोधन गर्नेछन्।
_x000D_
_x000D_
अधिवेशनको मूल विषय‘‘संयुक्त राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।