म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरेका छन्।
_x000D_
_x000D_
स्थानीयबासीले घारको भगवती मन्दिर परिसरमा १४ लाखको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन्।
_x000D_
_x000D_
सो भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ६ लाख विनियोजन गरेको थियो। स्थानीयस्तरबाट थप ८ लाख जुटाएर भवन निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर खड्काले बताए।
_x000D_
_x000D_
भवन निर्माण गर्न कोत मन्दिर पूजा व्यवस्थापन समितिले २ लाख, घार समाज जापानले १ लाख २२ हजार, वन उपभोक्ता उपसमितिले २ लाख ५० हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ५० हजार तथा जनजागृति आमा समूहले १ लाख सहयोग गरेको हो।
_x000D_
_x000D_
करीब १ सय ५० जना अटाउने सभाहल रहेको सो भवनको पहिलो तलामा पुजारी निवास र आमा समूहको कार्यालय राख्ने योजना छ।
_x000D_
_x000D_
भवन निर्माणपछि तालिम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडासदस्य रामबहादुर खड्काले बताए।
_x000D_
_x000D_
विसं २०१८ मा निर्माण गरिएको सो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको थियो।
_x000D_
_x000D_
भवन परिसरमा १ लाख ७५ हजारको लागतमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण समेत निर्माण गरिँदै छ। घारको कोत मन्दिरमा बडादशैँको समयमा विशेष मेला लाग्छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।