काठमाडौं– सिराहाको लहानबाट एक जना चिकित्सक अपहरणमा परेका छन्। हेटौंडाको एक अस्पतालमf कार्यरत चिकित्सक सुवास बनैता यादवलाई अज्ञात समूहले अपहरण गरेको हो।
_x000D_
_x000D_
तीन चार जनाको समूहमा आएका मानिसले यादवलाई अपहरण गरेको उनकी श्रीमती पुनम यादवले प्रहरीसमक्ष बताएकी छन्।
_x000D_
_x000D_
श्रीमतीको उजुरीपछि अपहरित यादवको तीब्र खाेजी भइरहेको प्रहरीले उल्लेख गरेको छ। राजमार्ग र सबै नाका बन्द गरेर खोजी तीव्र गरिएको सिराहाका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।