रुपन्देही- नेपाली कांग्रेस संसदीय दलक उपनेता विजयकुमार गच्छदार पार्टीलाई बलियो र समावेशी बनाउन विधान संशोधन गर्न लागिएको बताएका छन्। विधान संशोधनका लागि पार्टीले भैरहवमा आयोजना छलफलका क्रममा नेता गच्छदारले उक्त कुरा बताएका हुन्। मंगलबार भैरहवामा प्रदेश ५ स्तरीय भेला आयोजना गरी काग्रेसले विधान संसोधनका लागि सुझाव संकलन गर्न सुरु गरेको हो।
_x000D_
_x000D_
गच्छदारले वाम गठबन्धनको सरकारले दशकभन्दा बढी लामो समय शासन संचालन गर्ने सपना देखेको भन्दै त्यसलाइ कांग्रेसले डटेर सामना गर्नुपर्ने बताए। ‘वाम गठबन्धनले साम्यवाद उन्मुख हुने योजना बनाएका छन्। त्यसतर्फ कांग्रेस बेलैमा सचेत हुन जरुरी छ’ नेता गच्छदारले भने।
_x000D_
_x000D_
दुइ दिन सम्म चल्ने भेलामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यक्रममा बोल्ने केन्द्रीय नेताहरुले पार्टी भित्रको गुट–उपगुट अन्त्य गरी बलियो कांग्रेस बनाउन विधान संसोधन गर्न लागिएको बताए। कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक सविधानको मूल मर्म अझै आत्मसाथ गर्न नसकेको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि काग्रेसलाइ बलियो बनाएर लैजानु पर्ने जोड दिएका थिए।
_x000D_
_x000D_
काग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले निर्वाचन पद्धतिका कारण पार्टीमा गुट–उपगुटले जरा गाडेको भन्दै एकल संक्रमणिय पद्धति अपनाउनु पर्नेमा जोड दिए। सुझाव संकलन समिति संयोजक तथा केन्द्रीय सदस्य रमेश लेखक, दीपक गिरि, अत्तहरकमाल मुसलमानले पार्टी बलियो बनाएर नेता कार्यकर्तालाइ न्याय हुनेगरी विधान संशोधन गर्न सुझाव संकलन थालिएको बताए। कार्यक्रममा भरतकुमार शाह, रुपन्देही सभापति अब्दुल रज्जाक, अमरसिंह गुरुङलगायतले बालेका थिए।
_x000D_
_x000D_
दुइ दिनसम्म चल्ने कार्यक्रममा संकलन गरिएका सुझाव प्रदेश समितिले केन्द्रीय समितिमा पेस गर्ने र सोही अनुरुप विधान संशोधन गरिने काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।