काठमाडौं- खानेपानी मन्त्रालयले देशभर ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ।
_x000D_
_x000D_
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकमा देशभर ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागू गर्न मस्यौदा समिति बनाउने निर्णय गरिएको हो।
_x000D_
_x000D_
मन्त्रालयले पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति गरी दुई समिति गठन समेत गरेको छ। दुवै समितिका संयोजकमा क्रमशः काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल रहेका छन्।
_x000D_
_x000D_
बैठकमा मन्त्री मगरले तीव्र गतिमा काम अघि बढाउन सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिइन्। बैठकमा खानेपानीमन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखले साप्ताहिक रिपोर्टिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।