• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ह्यारिसबर्गका दर्शकले गरे नेपथ्यलाई आत्मीय बिदाई

64x64
नेपाल लाइभ मंगलबार, भदौ २५, २०८१  १५:२९
1140x725

अमेरिका– कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ। जोगले जुराएछ भने फेरि पनि भेटौँला। मिलेर बस्नुस् है। धन्यवाद!’

अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएन, यसपाला झन्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो।

प्रतिउत्तरमा पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए।

ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आलेमगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस भेगका नेपालीको लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन्।

‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे,’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भुत र अविस्मरणीय रह्यो।’

थोरै मानिसको बसोबास भएका नेपालीमाझ ध्यानमा नपर्ने यो सहरमा पनि नेपथ्यको कन्सर्ट भव्य हुनुले यो राज्यमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको इंगित गरेको थियो।

पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झन्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो। यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ।

नेपालीभाषीको बाहुल्य रहेको दर्शकको समूहमै थिए रोन्डा हेस् र एलन मास्टर्स। एप्पल कम्पनीमा ‘ग्लोबल अपरेसन म्यानेजर’को जागिर त्यागेर यो शान्त सहरमा सहज जीवन बिताइरहेकी रोन्डा पतिका साथ नेपथ्यको दर्शक बन्न आइपुगेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘भनेका कुरा त एउटै पनि बुझेनौँ। तर, मञ्चका कलाकारको अभिव्यक्तिभित्र के कस्ता भावना थिए भन्ने चाहिँ मज्जाले अनुभूत भइरहेको थियो। ती कुराप्रति दर्शकले जनाएको प्रतिक्रिया पनि उत्तिकै आनन्ददायी लाग्यो। हलभरि दर्शक ऊर्जाले भरिएका थिए, उनीहरूको देशप्रेम र गौरवबोधले हामीलाई पनि आत्मीयता अनुभूत गरायो।’

रोन्डाका अनुसार उनीहरूको छेउमा बसेका नेपाली दर्शक यति मिजासिला थिए कि यी अमेरिकी दम्पतीलाई बुझाउनका निम्ति हरेक कुरा अनुवाद गरिदिन खोजिरहेका थिए।

‘यो कन्सर्टमा आएर नेपाल र नेपालीप्रति विकास भएको सकारात्मक धारणाले नेपाल भ्रमण गर्न प्रेरित गरेको छ,’ उनले भनिन्।

निर्धारित तालिका अनुसार शनिबार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए। त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए।

Xtrem

Xtrem

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।

‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।’

पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे।

 
शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे। तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल।

‘डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं। नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ। त्यसैले मेरिल्यान्डको कार्यक्रमले धित नमरेर यहाँसम्म तानियौँ।’

‘नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ,’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो।’

ब्यान्डले ‘रातो र चन्द्रसुर्जे’ गीतमार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले जानकारी दिइन्। 

यसरी राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीतहरू कन्सर्टमा समेटिएको थियो।

कार्यक्रमभरि पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए।

पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए। पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो।

‘गत १० वर्षमा हामीले कैयौँ नेपाली कार्यक्रम आयोजना र संयोजन गर्यौं तर नेपथ्यको यो टुर, निःसन्देह हालसम्मकै अब्बल अनुभव रह्यो,’ नेपथ्यको अमेरिका यात्राको केन्द्रीय संयोजन गर्ने मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘सबै सहरमा कायम रहेको उत्कृष्ट प्रस्तुति र हलको क्षमता अनुसारको दर्शकको उल्लेख्य उपस्थितिले हामी यहाँका आयोजकको साख र मनोबल बढाएको छ। साथै नेपाली कार्यक्रमको आयोजनाको मापदण्डलाई नै नयाँ उचाइमा पुर्याएको छ।’   

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

यसवर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी आइतबार, असोज १८, २०८३
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्