• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ह्यारिसबर्गका दर्शकले गरे नेपथ्यलाई आत्मीय बिदाई

64x64
नेपाल लाइभ मंगलबार, भदौ २५, २०८१  १५:२९
1140x725

अमेरिका– कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ। जोगले जुराएछ भने फेरि पनि भेटौँला। मिलेर बस्नुस् है। धन्यवाद!’

अमृतको यो ह्यारिसबर्ग सहरसँग मात्र बिदाइ थिएन, यसपाला झन्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार पनि थियो।

प्रतिउत्तरमा पेन्सिलभानियाको राजधानी ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा भरिएका दर्शकले लामो ताली बजाए।

ह्यारिसबर्गमा आयोजना भएका नेपाली कार्यक्रममा आजसम्मै आफूले यति ठूलो जमघट कहिल्यै नदेखेको बताउने स्थानीय आयोजक नीरज आलेमगर नेपथ्यको यो कन्सर्ट हरेक दृष्टिले यस भेगका नेपालीको लागि ऐतिहासिक बन्न पुगेको दाबी गर्छन्।

‘केटाकेटीदेखि लिएर हजुरबा उमेरसम्मका मानिस आफ्नै धुनमा रमाएका देखिन्थे,’ नीरजले थपे, ‘यति धेरै संख्यामा दर्शक आकर्षित गर्न सफल नेपथ्यको कन्सर्टभरि सिंगो हल उचालिएको दृश्य अद्भुत र अविस्मरणीय रह्यो।’

थोरै मानिसको बसोबास भएका नेपालीमाझ ध्यानमा नपर्ने यो सहरमा पनि नेपथ्यको कन्सर्ट भव्य हुनुले यो राज्यमा नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको इंगित गरेको थियो।

पहिलो पटक यो सहरमा उपस्थित भएको नेपथ्यले झन्डै सय वर्षको इतिहास बोकेको ‘दी फोरम हल’मा आफूलाई उभ्याएको थियो। यो हल नियमित रूपमा प्रस्तुत भइरहने ‘ह्यारिसबर्ग सिम्फोनी अर्केस्ट्रा’को आयोजनास्थलका रूपमा पनि चिनिन्छ।

नेपालीभाषीको बाहुल्य रहेको दर्शकको समूहमै थिए रोन्डा हेस् र एलन मास्टर्स। एप्पल कम्पनीमा ‘ग्लोबल अपरेसन म्यानेजर’को जागिर त्यागेर यो शान्त सहरमा सहज जीवन बिताइरहेकी रोन्डा पतिका साथ नेपथ्यको दर्शक बन्न आइपुगेकी थिइन्।

Ncell 2
Ncell 2

‘भनेका कुरा त एउटै पनि बुझेनौँ। तर, मञ्चका कलाकारको अभिव्यक्तिभित्र के कस्ता भावना थिए भन्ने चाहिँ मज्जाले अनुभूत भइरहेको थियो। ती कुराप्रति दर्शकले जनाएको प्रतिक्रिया पनि उत्तिकै आनन्ददायी लाग्यो। हलभरि दर्शक ऊर्जाले भरिएका थिए, उनीहरूको देशप्रेम र गौरवबोधले हामीलाई पनि आत्मीयता अनुभूत गरायो।’

रोन्डाका अनुसार उनीहरूको छेउमा बसेका नेपाली दर्शक यति मिजासिला थिए कि यी अमेरिकी दम्पतीलाई बुझाउनका निम्ति हरेक कुरा अनुवाद गरिदिन खोजिरहेका थिए।

‘यो कन्सर्टमा आएर नेपाल र नेपालीप्रति विकास भएको सकारात्मक धारणाले नेपाल भ्रमण गर्न प्रेरित गरेको छ,’ उनले भनिन्।

निर्धारित तालिका अनुसार शनिबार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए। त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए।

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो।

‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है।’

पुनर्बास गराइएका भुटानी शरणार्थी उल्लेख्य संख्यामा रहेको यो राज्यमा नेपालीभाषी समुदायको एकताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे।

 
शनिबारको कन्सर्टमा यस सहरभन्दा परैदेखि आएका दर्शक पनि उत्तिकै भेटिन्थे। तिनैमध्ये एक थिइन् आफ्ना पतिका साथ भर्जिनियादेखि आएकी समा अर्याल।

‘डीसी वरपर हुने प्रायः नेपाली कार्यक्रममा हामी जाने गर्छौं। नेपथ्यको यसपालिको भव्य कन्सर्टले आजसम्मै हेरेका अन्य नेपाली कार्यक्रमलाई बिर्साइदिएको छ। त्यसैले मेरिल्यान्डको कार्यक्रमले धित नमरेर यहाँसम्म तानियौँ।’

‘नेपथ्यको अनुभवलाई विश्वस्तरकै ब्यान्डसँग तुलना गर्न सकिने रहेछ,’ कन्सर्ट सकिएपछि समाको प्रतिक्रिया थियो, ‘ब्यान्डदेखि लिएर प्राविधिक र व्यवस्थापनसम्म सबै अन्तर्राष्ट्रियस्तरको लाग्यो।’

ब्यान्डले ‘रातो र चन्द्रसुर्जे’ गीतमार्फत गौरवगाथा गाइरहँदा आफूजस्ता दर्शकले पनि नेपाली हुनुको गर्व महसुस गर्ने गरेको उनले जानकारी दिइन्। 

यसरी राष्ट्रिय गौरवदेखि सामाजिक चेतका सन्देशसहित नेपथ्यका सार्वकालिक हिट लोकरक गीतहरू कन्सर्टमा समेटिएको थियो।

कार्यक्रमभरि पटक पटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए।

पैदलै गाउँबस्ती पुगेर गीत संकलन गर्दाको अनुभव पनि उनले सुनाए। पदयात्राका क्रममा उनैले खिचेका पृष्ठभूमिका तस्बिरले पनि उनका भनाइलाई सघाइरहेको देखिन्थ्यो।

‘गत १० वर्षमा हामीले कैयौँ नेपाली कार्यक्रम आयोजना र संयोजन गर्यौं तर नेपथ्यको यो टुर, निःसन्देह हालसम्मकै अब्बल अनुभव रह्यो,’ नेपथ्यको अमेरिका यात्राको केन्द्रीय संयोजन गर्ने मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘सबै सहरमा कायम रहेको उत्कृष्ट प्रस्तुति र हलको क्षमता अनुसारको दर्शकको उल्लेख्य उपस्थितिले हामी यहाँका आयोजकको साख र मनोबल बढाएको छ। साथै नेपाली कार्यक्रमको आयोजनाको मापदण्डलाई नै नयाँ उचाइमा पुर्याएको छ।’   

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

यसवर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात
एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गर्ने
अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते
सम्बन्धित सामग्री
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
बाबाकाे सम्मानमा बालसंसारले ल्यायाे नयाँ बालगीत यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन्। कक्षा सातमा अध्ययनरत अनमाेलले आफूलाई बालगायकका रूपमा स्थ... सोमबार, भदौ २, २०८२
ताजा समाचारसबै
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात मंगलबार, कात्तिक ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गर्ने मंगलबार, कात्तिक ११, २०८२
अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते मंगलबार, कात्तिक ११, २०८२
गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान मंगलबार, कात्तिक ११, २०८२
सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
आज यी प्रदेशमा वर्षासहित हिमपात हुने मंगलबार, कात्तिक ११, २०८२
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा सोमबार, कात्तिक १०, २०८२
अस्ट्रेलियाविद्धको खेलमा भारतीय टिमका ब्याटर श्रेयस अय्यर गम्भीर घाइते मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्