काठमाडौं- कम रकममा टेन्डर हाल्ने र योजना प्राप्त गरे पनि निर्माणका काम अलपत्र पार्ने पप्पु कन्सट्रक्सनलाई किन कारबाही नगरी बचाऊ गरियो भन्दै सांसदहरुले प्रश्न उठाएका छन्।
_x000D_
_x000D_
संसदको विकास र अर्थ समितिमा बोल्ने सत्ता पक्ष र स्वतन्त्र सांसदहरुले पप्पु कन्ट्रक्सनलाई कारबाहीको माग गरेका हुन्। नेकपाका सांसदद्वय रामकुमारी झाँक्री र यज्ञराज सुनुवार तथा स्वतन्त्र सांसद दुर्गा पौडेलले समितिमा यस्तो माग गरेका हुन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले विकास समितिको बैठकमा ठेकदारहरु किन विकास समितिमा बसे र राखियो भन्दै जवाफ माग गरिन्। सांसद पौडेलले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पनि पप्पुलाई दिनुको कारण समितिलाई जानकारी गराउन माग गरिन्।
_x000D_
_x000D_
पप्पु कन्ट्रक्सनका हरिनारायण रौनियार, तथा अन्य निर्माण कम्पनीका जिपछिरिङ लामा र बहादुरसिंह लामा प्रतिनिधिसभा अन्तर्गत विकास समितिमै रहेको प्रति उनले प्रश्न उठाइन्।
_x000D_
_x000D_
यस्तै, सांसद रामकुमारी झाँक्रीले पनि अर्थ समितिमा पप्पु कन्ट्रक्सनलाई नै यति धेरै टेन्डर पर्नु र पारिनुको कारण माग गरेकी छन्।
_x000D_
_x000D_
‘पप्पुलाई नै किन यति धेरै टेन्डर पर्छन्? थुप्रै पुल निर्माण सम्पन्न नभएका उदाहरण हुँदाहुँदै कसरी राष्ट्र बैंक भवन बनाउने टेन्डर पर्यो?’ झाँक्रीले समितिमा भनिन्, ‘खराबी कहाँ छ? सरकारको कार्यशैलीमा वा ऐन नियममा? यसको सही समाधान खोजौं। कानुनमा सुधार गरौं।’
_x000D_
_x000D_
समितिले राष्ट्रिय गौरवका आयोजनमा भ्रष्टाचार भएको गुनासो भएको र सुस्त गतिमा निर्माण कार्य हुनुको कारण र विवरण सरकारसँग माग्न निर्देशन दिएको छ।
_x000D_
_x000D_
उता, जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।