काठमाडौं- मानवीय राहत र उद्दार कार्यमा खटिएका सुरक्षाकर्मीले अपनाउनुपर्ने सावधानीका विषयमा नेपाली सेनाको विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदानसम्बन्धी अन्तराष्ट्रिय तालिम सुरु भएको छ। तालिम मंगलबारदेखि काठमाठौंमा सुरु भएको हो।
_x000D_
_x000D_
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सो तालिम आयोजना गरिएको हो। तालिमामा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत प्रतिनिधि सहभागी छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले तालिमको उद्घाटन गर्दै मानवीय सेवाका लागि आवश्यक छलफल गर्न अभ्यास तालिम आयोजना गरिएको बताए। तालिमले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन कार्यक्रम प्रभावकारी बनाउन सहज बनाउने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
चार दिनसम्म चल्ने तालिममा नेपाल, अमेरिका, भारत, चीन, क्यानडा, फिलिपिन्स, बंगलादेश, बेलायत, डेनमार्क, बेल्जियमलगायतका सेनाको उपस्थिति छ।
_x000D_
_x000D_
नेपालको कर्णाली प्रदेशस्थित दैलेखमा विनाशकारी भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध भएको, पुल भत्केको र सुर्खेत विमानस्थलको केही भागमा क्षति भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्धार र राहतबारे व्यवहारिक अभ्यास गरिने नेपाली सेनाले जानकारी दिएको छ।
_x000D_
_x000D_
काठमाडौंका विभिन्न स्थानमा हुने सो अभ्यास तालिममा ६४ जना विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धार कार्यमा संलग्न संस्था सहभागी हुनेछन्। नेपाल प्राकृतिक विपत्तिको जोखिममा रहेको मुलुक भएकाले पनि सो अभ्यास तालिम नेपालमै आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।