काठमाडौं– सुनको भाउले फेरि रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय तोकिएको छ ।
प्रतितोला ३० रूपैयाा बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।