काठमाडौं– अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘जय भोले’ दशैंको फूलपातीबाट प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि प्रदर्शन मिति घोषणा गर्न आनाकानी गरिरहेको फिल्म निमार्ण युनिटले असोज ३० मा प्रदर्शन मिति तय गरेको हो।
_x000D_
_x000D_
दिपाश्री निरौला निर्देशित फिल्म 'छक्का पञ्जा–३' र अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ दशैं लक्षित भएर प्रदर्शन तयारीमा लागे पनि दुइवटै फिल्मका लागि प्रदर्शन मिति तय गर्न सकस देखियो। दशैंलाई केन्द्रमा राखेर एक साथ प्रदर्शनमा ल्याउने होडका कारण यसअघि फिल्मको प्रदर्शन मिति तय हुन सकेको थिएन।
_x000D_
_x000D_
तर, केहीदिन अघिको दुई फिल्म युनिटबीच भएको आपसी समझदारीपछि फिल्म छुट्टाछुट्टै मितिमा आउने निश्चित भएको हो। साेहीअनुसार फिल्म 'छक्का पञ्जा' घटस्थापनाबाट र ‘जय भोले’ फूलपातीबाट प्रदर्शनमा अाउनेछ।
_x000D_
_x000D_
फिल्म ‘जय भोले’ ले मंगलबारबाट पोष्टर पनि सार्वजनिक गरेका छ। अभिनेता खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कालकार सालोन बस्नेत, राजाराम पौडेल, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।