_x000D_
समलैंगिक यौनसम्बन्ध भन्नाले उस्तै लिंगका दुई व्यक्तिबीच स्थापित यौनसम्बन्ध हो। यो कुनै रोग होइन।
_x000D_
_x000D_
यसलाई सन् १९७५ मै विश्व स्वास्थ्य संगठनले स्वीकार गरेर घोषणा गरिसकेको छ। समलिंगी यौनसम्बन्ध एउटा प्रवृत्ति हो, जुन अल्पसंख्यक व्यक्तिमा हुन्छ। यो जिनको प्रभावबाट हुन्छ भन्ने तथ्य पनि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका छन्।
_x000D_
_x000D_
सामान्यतया समलिंगी यौनसम्बन्ध दुई किसिमका हुन्छन्– मनोवैज्ञानिक वा जन्मजात् र व्यावहारिक वा पछि सिकेर।मनोवैज्ञानिक वा जन्मजात समलिंगीहरू शारीरिक रूपमा पुरुष वा स्त्रीजस्ता देखिए पनि भावनात्मक वा मनोवैज्ञानिक रूपमा ठीक उल्टो आचरण गर्छन्। यसको जिनेटिक कारण हुन्छ।
_x000D_
_x000D_
उनीहरू आफ्नै लिंगीका मान्छेसँग यौनमात्र होइन, भावनात्मक रूपमा पनि आकर्षित हुन्छन्। समाज वा परिवारबाट उनीहरूलाई जतिसुकै यो प्रवृत्तिबाट मुक्त हुन दबाब आए पनि यसबाट मुक्त हुन सक्दैनन्। उनीहरू आफ्नो इच्छा वा रहरले यस्तो भएका पनि हुँदैनन्। अर्को अर्थमा उनीहरूको सृष्टि नै यसै रूपमा भएको हुन्छ।
_x000D_
_x000D_
व्यावहारिक वा पछि सिकेर समलिंगी यौनसम्पर्क राख्नेहरू संगतले वा रहरले पनि हुन्छन्। उनीहरू समलिंगी सम्पर्क सँगसँगै विपरीत लिंगीसँग समेत आचरण गरेर समलिंगी र दाम्पत्य दोहोरो जीवन बिताउन सक्षम हुन्छन्। उनीहरू यथार्थमा समलिंगी नै होइनन्।
_x000D_
_x000D_
जो यर्थाथमा समलिंगी हुन्छन्, उनीहरूले त्यसै रूपमा बाँच्न पाउनुपर्छ।
_x000D_
_x000D_
उनीहरू अल्पसंख्यक यौनव्यवहार गर्ने व्यक्ति हुन्। विचलित वा रोगी होइनन् भन्ने तथ्य हाल विश्वव्यापी रूपमा स्वीकार भइरहेको छ।
_x000D_
_x000D_
दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाका केही प्रान्तमा तथा स्क्यान्डिनेभियाली देशहरूमा यस्ता व्यक्तिलाई विवाह गर्ने कानुनी अधिकार पनि प्राप्त छ या हुने क्रममा छ।
_x000D_
_x000D_
यस्तो व्यवहारलाई अल्पसंख्यक यौनव्यवहार मानेर अपराध र रोगको श्रेणीमा नलिने कुरा त आधुनिक विश्वमा सर्वस्वीकृत भइसकेको छ
_x000D_
_x000D_