काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समलिङ्गीको आधारभुत मानवअधिकार प्रत्याभुतिमा सरकार दृढ रहेको बताए।
_x000D_
_x000D_
ब्लु डायमन्ड सोसाइटीले मंगलबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले लोकतन्त्र आइसकेकाले अब कसैले पनि अधिकारका लागि रगत बगाउनुपर्ने अवस्था नरहेको बताए। उनले समलिङ्गीको आधारभुत मानवअधिकार प्रत्याभुतिमा सरकार दृढ रहेको जानकारी गराए।
_x000D_
_x000D_
उनले समलिङ्गी विवाहको अधिकारको विषयमा पनि सरकार गम्भीर रहेको स्पष्ट पारे। मन्त्री ढकालले तेश्रो लिङ्गीको सम्मान र पहिचानको हक स्थापित भइसकेकाले पहिचानको आधारमा नागरिकता दिने कार्यलाई अझै व्यवस्थित बनाउन सरकारले नागरिकता सम्बन्धी कानुन संसोधनको प्रक्रिया अघि बढाएको बताए।
_x000D_
_x000D_
मन्त्री ढकालले संविधानमा उल्लेख भएका मौलिक हक यौनिक अल्पसंङख्यक समेत सबैको हकमा समान रुपले लागु हुने भएकाले सबै मौलिक हक उपभोग गर्ने अवस्था सृजना भएको दाबी गरे।
_x000D_
_x000D_
कार्यक्रममा यौनिक अल्पसंख्यकहरुले संविधानमा लेखिएको कुरा आफूहरुको हकमा कार्यान्वयन नभएको तथा यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायको कानुनी अधिकार खोसेर राज्यले आफूहरुमाथि अन्याय गरेको गुनासो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।