• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतीय प्रधानमन्त्री माेदी फेरि किन अाउँदैछन् नेपाल?

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  २०:२९
1140x725

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएका छन्। काठमाडौँस्थित भारतीय दूतावास स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताएअनुसार मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतको प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि मोदीको यो पाँचै नेपाल भ्रमण हुनेछ। 

_x000D_ _x000D_

आगामी नेपाल भ्रमणको अवसरमा मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले बताएको छ। यसअघि बैशाख २८ र २९ गते नेपालको धार्मिक भ्रमणमा आउँदा होस् अथवा गत भदौ १४ र १५ गते नेपालमा आयोजना चौथो बिम्स्टेक सम्मेलनमा नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई दुवै पटक लुम्बिनी भ्रमणको निम्ता दिएका थिए। सार्वजनिक रुपमा बुद्ध जन्मभूमि लुम्बिनी भ्रमणको बारम्बार चाहना राखेको मोदीले अन्ततः लुम्बिनी भ्रमण गर्ने निधो भएको हो।

_x000D_ _x000D_

मोदीले पहिलो पटक नेपालको भ्रमण २०७१ साउन १८ र १९ गते गरेका थिए। भारतको प्रधानमन्त्रीको रुपमा निर्वाचित मोदीले विदेश नीतिमा ‘छिमेक नीति’ लाई पहिलो प्राथमिकता दिने भन्दै आफ्नो पहिलो विदेश यात्रा छिमेकी देश भुटानबाट गरेका थिए भने त्यसपछि नेपाल आएका थिए।

_x000D_ _x000D_

भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि सार्क क्षेत्रका सबै सरकार प्रमुखलाई भारतीय प्रधानमन्त्री निवास (पहिले सेभेन रेस कोर्स) मा बोलाएर छिमेक देशलाई प्राथमिकता दिएका मोदीको प्रशंसा भएको थियो। पहिलो पटक नेपालको भ्रमण गर्दा ४५ मिनेट संसद्मा भाषण गरेका मोदीको समर्थनमा नेपालका सांसदले ४९ पटक ताली बजाएका थिए भने बाटोमा सर्वसाधारण पनि मोदीको जयजयकार गाए। जनताले समेत मोदीको स्वागतमा कुनै कमी हुन दिएनन्। 

_x000D_ _x000D_

मोदी चार महिनापछि २०७१ मा नेपाल आउँदा पहिलो भ्रमणको तुलनामा हाउभाउमा निकै परिर्वतन आएको थियो। मंसिर १० र ११ गते काठमाडौँमा आयोजना भएको १८औँ सार्क सम्मेलनमा नेपाल आउँदा मोदी निकै परिवर्तन भइसकेका टीप्पणी भएको थियो।

_x000D_ _x000D_

दोस्रो नेपाल भ्रमणका क्रममा मोदी निर्देशनात्मक रुपमा प्रस्तुत भएको नेपाल कम्युनिष्ट पार्टीका एक उच्च नेता बताउँछन्। ‘पहिलो भ्रमणमा नेपालको शुभचिन्तक जसरी प्रस्तुत भएका यिनै मोदी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदा निकै परिर्वतित शैलीमा प्रस्तुत भए’, उनले भने, ‘नेपालको संविधान निर्माणमा भारतको अव्यक्त चाहना समेटिनु पर्ने किसिमको उनको अभिव्यक्ति थियो।’

_x000D_ _x000D_

सार्क भ्रमणको अवसरमा नेपाल आउँदा मोदीको जनकपुरमा नागरिक अभिन्नदन गरिने बताइएको भएपनि सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा नेपाल सरकारले कार्यक्रम स्थगित गर्‍यो। नागरिक अभिनन्दनपछि मोदीले सीमा क्षेत्रका नेपाली जनतालाई साइकल वितरण गर्ने कार्यक्रम थियो। भारतको विहार प्रान्तको चुनाव प्रचार लक्षित उक्त कार्यक्रम रद्द हुँदा मोदीको आत्मसम्मानमा चोट लागेको विश्लेषकहरु बताउँछन्। नेपालमा २०७२ मा भारतले आर्थिक नाकाबन्दी लगाउँदा रद्द गरिएको जनकपुरको नागरिक अभिनन्दनलाई पनि कारण देखाइएको थियो। 

_x000D_ _x000D_

गत बैशाखमा मोदीको नेपाल भ्रमण सुरुवात जनकपुरबाट हुनु र नागरिक अभिनन्दन हुँदा नेपालसँगको सम्बन्ध जुन बिन्दूबाट बिग्रिएको थियो त्यँहीबाट सुधार गर्ने जमर्को भएको विश्लेषण गरियो। धार्मिक भ्रमणमा नेपाल आएका मोदीले कर्नाटक प्रान्तको विधानसभाको निर्वाचन प्रचारका लागि नेपाली भूमि प्रयोग गरेको भारतीय सञ्चार माध्यमले आरोप लगाए। हिन्दू समुदायको बाहुल्य रहेको कर्नाटक क्षेत्रको हिन्दू जनमतलाई प्रभावित गर्न धार्मिक भ्रमणको छद्म भेषमा नेपाल आएको उनीहरुको आरोप थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

धार्मिक भ्रमणमा नेपाल आएका मोदीले जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ मन्दिरको यात्रा गरे भने दुबै देशका प्रधानमन्त्रीले रामयण सर्किटको संयुक्त उद्घाटन गरे। जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिन्छ। अध्योयामा रहेको राम मन्दिरको विवादलाई भारतीय इतिहासमा लामो समयसम्म चलेको विवादको रुपमा लिइन्छ।

_x000D_ _x000D_

सन् १५२८ बाट शुरु भएको यो विवाद आजसम्म छ। मुगल सम्राट बाबरले अयोध्यामा राम मन्दिर रहेकै ठाउँमा बाबरी मस्जिद निमार्ण गरेको आरोप हिन्दूहरुको छ, जहाँ सन् १९९२ मा दुबै समुदायबीचको असमझदारीले चरम रुप लिएको थियो। रामायण सर्किटको निर्माणबाट त्यस क्षेत्रका हिन्दू समुदायको भावना जित्ने काम गरेको भारतीय सञ्चार माध्यमको विश्लेषण छ।

_x000D_ _x000D_

२०६२/६३ को जन आन्दोलन पश्चात् नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि नेपालमा ‘हिन्दू सेन्टिमेन्ट’ रहेको र २०७२ को नाकाबन्दी पश्चात् नेपालसँग बिग्रिएको सम्बन्धलाई धार्मिक भ्रमणसँगै सुधार गर्ने अभिप्रायका रुपमा मोदीको वैशाखको भ्रमणलाई लिनुपर्ने कतिपय जानकारको तर्क छ। 

_x000D_ _x000D_

गत वैशाखमा गरेको धार्मिक भ्रमणले कर्नाटक विधानसभा निर्वाचनमा मोदीको पार्टी भाजपालाई सहयोग पुगेको देखिन्छ। भाजपाले कर्नाटकमा राज्य सरकार बनाउन नसके पनि (भाजपाले त्यहाँ केही घण्टा सरकार बनाए पनि सासंदमा बहुमत पुर्‍याउन नसकिने देखेपछि त्यहाँका तत्कालीन मुख्यमन्त्रीले राजीनामा दिएका थिए।) अघिल्लो निर्वाचनमा भन्दा राम्रो पकड स्थापित गरेको थियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

गत भदौमा बिम्स्टेक सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउँदा निर्वाचन लक्षित कुनै हर्कत नगरेका मोदीको आगामी नेपाल भ्रमण भने भारतीय निर्वाचन लक्षित कार्यक्रम रहेको कतिपय विश्लेषकको बुझाई छ। भारतको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या हिन्दू छन्। यस्तै बौद्धमार्गीहरु ०.८ प्रतिशत छन्। धार्मिक हिसाबमा फरक सम्प्रदायका भएपनि हिन्दू र बौद्धधर्मावलम्बीहरु आफूलाई एउटै किसिमको धर्मिक समूह अन्तर्गत रहेको मान्ने गर्छन्। तर यी दुई धर्मावलम्बीबीच पनि प्रशस्तै फरक धारणा रहेको छन्। 

_x000D_ _x000D_

आगामी मंसिरमा हुने भनिएको मोदीको नेपाल भ्रमणमा पनि २०१९ अप्रिल महिनामा हुने भारतीय निर्वाचन प्रभावित गर्ने उदेश्यका साथ हुन लागेको विश्लेषकहरुको मत छ। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
सम्बन्धित सामग्री
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो काभ्रेमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ भने चितवनमा सडक भासिएपछि पृथ्वी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन हुन... शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ। शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्