काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ।
_x000D_
_x000D_
दुई दिनसम्म चल्ने विशेष राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गर्ने संगठनका केन्द्रीय सदस्य संघर्ष दाहालले जानकारी दिए।
_x000D_
_x000D_
मोहन वैद्य 'किरण' नेतृत्वको पार्टीको विद्यार्थी संगठनको अध्यक्षका लागि महासचिव राम नेपाली र पेशल दाहालको दाबेदारी रहेको छ। कीर्तिपुर केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने भेलाले वर्तमान सरकारले शैक्षिक क्षेत्रमा ल्याएको निजीकरणको नीतिविरुद्ध विश्वविद्यालय सुधार लगायतका विषयमा बलियो रणनीति तय गर्ने सदस्य दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।