धनगढी– कैलालीमा सोमबार नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
शिवगंगा नदीमा नुहाउने क्रममा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका ९ वर्षीय छोरा विवेक धामीको मृत्यु भएको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।
_x000D_
_x000D_
स्थानीय सिताकुण्ड माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत बालक साथीहरुसँग नदीमा पौडी खेल्न गएको बेला डुबेपछी स्थानीयले उद्धार गरी सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।