• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ ११, २०८१  ०६:३१
1140x725

झापा- छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो ।

 २००७ सालभन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो ।

मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।

नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारका रुपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा नभएको जनाइएको छ । 

 २००७ पछि नेपालबाट चामल, काठलगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाका रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आव २०८०/८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले रु ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताए । 

उनका अनुसार आव २०७६/७७ मा रु १४ करोड ४९ लाख, आव २०७७/७८ मा रु २७ करोड ३४ लाख, आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा रु नौ करोड ४७ लाख र आव २०८०/८१ मा रु २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।

चालू आव २०८१/८२ मा भद्रपुर भन्सारले रु ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०/८१ मा रु १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै रु २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो ।

विगत पाँच वर्षमा असुली भएको रु ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलबापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गरे ।

Ncell 2
Ncell 2

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित हुन पुगेको छ । 

सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन । स्थानीय व्यवसायीका अनुसार रु पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउनसमेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन् । 

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरु आयात हुने गरेको जानकारी दिए।

झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौं मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताए । उनले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइनलगायत अन्य कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएकोसमेत उनले बताए। 

नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो ।  २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ ।

भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन् । कुमरखोदबाहेक अरु छोटी भन्सारको गतिविधि ठप्प रहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्यमा आज पनि उल्लेख्य वृद्धि बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख... बुधबार, पुस ३०, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो । मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास बिहीबार, माघ १, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्