धनगढी- साेमबार रातिको वर्षाका कारण पानी निकास नहुँदा कारण धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। पानीको निकास नहुँदा धनगढीमा रहेको प्रदेश नं ७ को संसद भवन, पार्कमोड, एलएनचोकदेखि पार्कमोडसम्मको सडक, विशाल नगर, नैनादेविस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अगाडिको सडक, नवदुर्गा मन्दिर क्षेत्र, क्याम्पस शिवनगर लगायतका क्षेत्र डुबानमा परेका हुन्।
_x000D_
_x000D_
डुबानका कारण बिहानै क्याम्पस जानुपर्ने विद्यार्थी लगायत सर्वसाधारण आवतजावत गर्न समस्या भएको छ। वर्षाका कारण रातिदेखि बिहानसम्म धनगढीमा विद्युत अवरुद्ध भएको थियो। धनगढी बजार क्षेत्रको सडकमा पानी जमेर सडक अवरुद्ध भएको छ। बजारमा जमेको पानी खोलासम्म पुग्ने निकास नभएकाले बजार डुबानमा परेको हो।
_x000D_
_x000D_
गत साउनमा पनि सो क्षेत्रहरु डुबानमा परेका थिए।
_x000D_
_x000D_
हल्का वर्षा हुनेबित्तिकै धनगढी बजार क्षेत्र डुबानमा पर्ने गरे पनि धनगढी उपमहानगरपालिकाले ढल निकासको लागि चासो दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।