काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानबिन गरेको समितिले मंगलबार साढे ११ बजे प्रतिवेदन बुझाउने भएको छ।
_x000D_
_x000D_
सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको छानबिन समितिले साढे ११ बजे प्रतिवेदन बुझाउन लागेको गृह स्रोतले जानकारी दियो। अनुसन्धानमा खटिएको प्रहरीको भूमिका संकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो।
_x000D_
_x000D_
समितिले सोमबार प्रतिवेदन बुझाउन तयारी गरेपनि सार्वजनिक बिदा परेकाले मंगलबार प्रतिवेदन बुझाउन लागिएको हो।
_x000D_
_x000D_
समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो। समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।