न्यूयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
_x000D_
_x000D_
उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी भएका थिए।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्युयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा उक्त स्वागत समारोह आयोजना गरेका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।