काठमाडौं– सभामुख कृष्णबहादुर महराले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक विकास एवं पूर्वाधारका क्षेत्रमा भएका सफलता नेपालका लागि ठूलो अवसर रहेको बताएका छन्।
_x000D_
_x000D_
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र र कुइचो प्रान्तको सांस्कृतिक विभागद्वारा आयोजित चीनको महत्वपूर्ण पर्व ‘मुन फेस्टिभल’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले चीनबाट आर्थिक समृद्धि र विकास निर्माणका लागि ठूलो लाभ लिनसक्ने बताए।
_x000D_
_x000D_
नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, समझदारी, सहकार्यबाट आत्मीय र घनिष्ठ बनेको बताउँदै उनले शान्ति, पञ्चशीलको सिद्धान्तले बहुपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण आधार सिर्जना गरेको बताए।
_x000D_
_x000D_
नेपाल र चीनबीचको सम्बन्ध पाचौँ शताब्दीदेखि सुरु भएको उल्लेख गर्दै सभामुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद पनि प्राचीन समयदेखि कायम सम्बन्ध र सहकार्यलाई अझ मजबुद बनाउन दुवै देश सक्षम भएको बताए।
_x000D_
_x000D_
तत्कालीन परिस्थितिमा व्यापारीले कठिन हिमाल तथा पहाड पार गरेर दुवै देशको सभ्यता आदानप्रदान गर्ने कार्यको थालनी गरेको स्मरण गर्दै उनले भने, ‘नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा हजारौं वर्षअघिदेखि नै दुई देशबीच सांस्कृतिक, सामाजिक, धार्मिक सम्बन्ध विस्तार भइसकेको थियो। नेपाली यात्रीले बौद्ध धर्मको मात्र प्रचार नगरी नेपाली कला, संस्कृतिलाई तिब्बत, युनान र सिचुवान पार गरी पूरै चीनमा फैलाएका थिए।’
_x000D_
_x000D_
सभामुख महराले विशेष महत्व बोकेका यस्ता पर्वले नेपाल र चीनबीच सांस्कृतिक र सामाजिक सम्बन्ध अझै प्रगाढ र आत्मीय बनाउने विश्वास व्यक्त गरे। चीन कला, संस्कृति र ऐतिहासिक चाडपर्व एवं परम्परामा निकै धनी रहेको बताउँदै उनले आफूले विभिन्न समयमा गरेको चीन भ्रमणका क्रममा त्यहाँको कला, संस्कृति र परम्पराको अवलोकन गरेको स्मरणसमेत गरे।
_x000D_
_x000D_
सभामुख महराले भने, 'गत भदौमा तिब्बतको सांस्कृतिक प्रदर्शनीलाई सम्बोधन गर्न त्यहाँ पुगेको थिएँ, तिब्बतको कला, संस्कृति र भव्य नाचगानका प्रदर्शनी हेर्ने मौका पाएँ, सभ्यता, संस्कृति, विविध चाडपर्व र ऐतिहासिक परम्पराको दृष्टिले चीन निकै धनी छ।'
_x000D_
_x000D_
नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा संविधान कार्यान्वयन भई निर्वाचनमार्फत नयाँ सरकार गठन भएको बताउँदै अब नेपालको आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरे। नेपालको तर्फबाट भएका उच्चस्तरका भ्रमणले चीन–नेपाल सम्बन्ध प्रगाढ बनेको उनकाे भनाइ थियो। उनले यसप्रकारका सांस्कृतिक कार्यक्रमबाट नेपाली जनताले पनि चीनको संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।