काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
_x000D_
_x000D_
अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानबिन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन्।
_x000D_
_x000D_
सोमबार काठमाडौंमा आयोजित नागरिकता विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दबाब दिए।
_x000D_
_x000D_
पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे।
_x000D_
_x000D_
अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे। राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाइ गर्न नहुने अध्यक्ष केसीको भनाइ छ।
_x000D_
_x000D_
अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दबाव दिने काम गरिरहेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।