प्यूठान– प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ।
_x000D_
_x000D_
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्यांकन गरी यसबारे स्थानीयबासीलाई जानकारी गराएको हो। स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रभाव मूल्यांंकन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
_x000D_
_x000D_
स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६० दशमलब ७९ हेक्टर क्षेत्रफल ओगटेको छ। आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १ सय ७ जना विस्थापित हुनुपर्ने मूल्यांकनमा समेटिएको छ।
_x000D_
_x000D_
आयोजना निर्माणका क्रममा ५५ दशमलब १८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २ सय ५६ बिरुवा नोक्सान हुने वातावरण प्रभाव मूल्यांकन टोलीका प्रमुख डा महेन्द्रनाथ सुवेदीले बताए।
_x000D_
_x000D_
यस्तै ० दशमलब ४ हेक्टर आवास लगायतका अन्य संरचनामा स्थायीरुपले असर पुग्ने उनले जानकारी दिए। वातावरण मूल्यांकन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजनास्थलका प्रभावित बासिन्दाले उचित क्षतिपूर्ति बिना आफूहरु बस्दै आएको बसोबास नछोड्ने बताएका छन्।
_x000D_
_x000D_
वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमिनको प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि न्यायोचित नभएको स्थानीयबासीको गुनासो छ।
_x000D_
_x000D_
जमिन तथा भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चित भएमा मात्रै आफूहरु जन्मथलो छोड्न तयार रहेको स्थानीयबासी भोजराज खड्काले बताए।
_x000D_
_x000D_
प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्तिका लागि २ करोड ७७ लाख ५ हजार ६ सय २५, पुनर्वास र पुनः स्थापनाका लागि ३ करोड ३९ लाख ८१ हजार १ सय १० र क्षति हुन जाने अन्नबालीको ६७ हजार ६ सय ७७ गरी कूल ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ।
_x000D_
_x000D_
आयोजनाको कूल लागत ७७ करोडमध्ये वातावरणीय प्रभाव न्यूनीकरण, अनुगमन लगायतका २० दशमलब ६२ प्रतिशतबाट हुन आउने करीब १५ करोड ८८ लाख १७ हजार ८ सय २९ छुट्याइएको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।