काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्याको छानविनमा लापरबाही गरेको भन्दै निलम्बन गरिएका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिएको छ।
_x000D_
_x000D_
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका नै शंकास्पद देखिएको भन्दै प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको प्रहरी टोलीले पोलिग्राफ परीक्षण गरेको हो।
_x000D_
_x000D_
बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, कञ्चनपुरकै डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक उकेन्द्र खड्का, निर्मलाको सुरुवाल पखाल्ने चाँदनी साउदलगायत निलम्बनमा परेका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो।
_x000D_
_x000D_
पोलिग्राफले झुटो बोलेको हो कि होइन भन्ने पत्ता लगाउँछ। यसको रिपोर्ट केही दिनमै आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
दोषी भनिएका दिलिपसिंह विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गरिएको छ। डिएनएको रिपोर्ट भने आइसकेको छैन।
_x000D_
_x000D_
त्यसैगरी अनुसन्धान टोलीले निलम्बनमा परेका प्रहरी अधिकारीका मोबाइल हिस्ट्री पनि अध्ययन गरेको छ।
_x000D_
_x000D_
एसपी विष्ट निलम्बित भएपछि उनको ठाउँमा एसपी कुवेर कडायत पुगेका छन्। एसपी कडायतले नेपाल लाइभसँग कुरा गर्दै सिसी टिभीका फुटेजहरु रिकभर गरेर अनुसन्धान सुरु गरिएको बताए। उनले भने ‘हामीले होटल, सडकलगायतका ठाउँमा राखिएका सिसी टिभीका फुटेज रिकभर गर्न विधि विज्ञानशाला पठाएका छौं। अन्य अनुसन्धान पनि जारी छ। अहिलेसम्म कुनै क्लु फेला पर्न सकेको छैन।’
_x000D_
_x000D_
तेह्र वर्षीया बालिका निर्मला पन्त साउन १० गते हराएकी थिइन्। उनको शव ११ गते उखुबारीमा भेटिएको थियो। हत्या भएको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले अपराधी पहिचान गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।