काठमाडौं- प्रहरी प्रधान कार्यालयले दुई एसपीको काज सरुवा गरेको छ।
_x000D_
_x000D_
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको सरुवा प्रहरी महानिरीक्षक (आइजी) सचिवालयमा भएको छ। जोशीको ठाउँमा आयुक्त कार्यालय रानिपोखरीका एसपी अशोक सिंहलाई ल्याइएको छ।
_x000D_
_x000D_
परिसरमा सरुवा भएका अशोक सिंह कमान्ड गर्ने खुबी भएका प्रहरी अफिसरको रुपमा चिनिन्छन्।
_x000D_
_x000D_
उनले यसभन्दा अघि कास्कीको प्रहरी प्रमुख हुँदा गुण्डा निस्तेज अभियान नै सञ्चालन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।