रसुवा- नेपाल र चीनबीच रहेको व्यापारिक नाका रसुवागढीबाट चोरी–तस्करी बढेपछि सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्य सुरु भएको छ।
_x000D_
_x000D_
सवारी साधनमा ‘फल्स बटम’ बनाएर चोरी–शिकारी हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय र लामटाङ राष्ट्रिय निकुञ्जको आयोजनामा नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न तालिम सुरु गरिएको हो।
_x000D_
_x000D_
सवारी साधन प्रयोग गरी हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीका लागि दुई दिने क्षमता विकास तालिम सुरु गरिएको लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। ‘चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका र निकुञ्ज क्षेत्रमा अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न नाकामा खटिएका सुरक्षाकर्मीका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरेका हौ’ उनले भने।
_x000D_
_x000D_
दुई दिनसम्म संचालन हुने तालिममा टिमुरे र रसुवागढी नाकामा खटिएका सुरक्षाकर्मी सहभागी छन्। निकुञ्ज क्षेत्रमा पाइने वनस्पति र वन्यजन्तुको ओसारपसारमा हुँदै आएको छ। अवैध सामग्री ओसारपसार गर्दा गाडीमा ‘फल्स बटम’ बनाएर ल्याउने गरेपछि सो नियन्त्रणका लागि तालिम दिइएको हो। कुन सवारी साधनमा कहाँ कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी हुने हुदाँ चोरी तस्करी नियन्त्रणका लागि यो तालिमले सहयोग गर्ने रेग्मीले बताए।
_x000D_
_x000D_
पर्यटकीय क्षेत्र रसुवामा अवैध रूपमा दुर्लभ वनस्पति र वन्यजन्तुका ओखेटोपहार ओसारपसार हुने गरेको छ।
_x000D_
_x000D_
नाकाबाट यसअघि पनि पटक–पटक सुन र रक्तचन्दन पक्राउ गरिएको थियो। फल्स बटमको प्रयोग गरी अवैध चोरीनिकासी हुने क्रम तालिमपछि अन्त्य हुने विश्वास गरिएको छ।
_x000D_
_x000D_
सवारीको सिट मुनि, सेलिङ, गेयर बक्स, फोर्ड, ड्यास बोर्ड, कार्पेट मुनि, साइलेन्सर, टायर, ट्याङ्की लगायतका ठाउँमा सामग्री लुकाउने गरेको तालिमका प्रशिक्षक नरेन्द्र दासले बताए। सवारीको धेरै ठाउँमा फल्स बटम बनाउन मिल्ने हुदाँ चेकजाँच गर्दा विशेष ध्यान दिनुपर्ने उनले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।