काठमाडौं– गायक तथा अभिनेता यशकुमारको निर्देशन तथा उनकै अभिनय रहेको फिल्म ‘छिरिङ’ को नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतमा गायक यशकुमार र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ।
_x000D_
_x000D_
अरुणा लामा र रुद्र गुरुङको पुरानो चर्चित ‘ए कान्छा...’बोलको गीतलाई पुनः रेकर्ड गरी फिल्म युनिटले नयाँ भर्सनको गीत सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
गीतमा पासाङ बाङबल र यशकुमारको शब्द तथा अम्बर गुरुङ र यशकुमारकै एरेन्ज रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको गीतमा यशकुमार र नव अभिनेत्री कामना भुजेलको अभिनय रहेको छ।
_x000D_
_x000D_
बहुपति प्रथाको कथामा आधारित फिल्म यही असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा यशकुमार, कामना भुजेलका साथ गायक निमा रुम्बा पनि मुख्य अभिनयमा देखिने छन्।
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।