काठमाडौं- सांसदहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको आईतबारको बैठकमा बोल्दै समितिका सदस्यले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्। समितिकी सदस्य पुष्पा भुसालले परराष्ट्र सम्बन्ध मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गरिन्। मुुलुक समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता समेत अौंल्याएकी छन्।
_x000D_
_x000D_
समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने बताए। समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराए।
_x000D_
_x000D_
नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल)ले मुलुकको समृद्धिको मूल आधारका रुपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकार आवश्यक निर्देशन दिन लागी पर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।