काठमाडौं– अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ। मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३ सय विन्दुमाथि पुगेको छ।
सेयर बजारमा २ वर्ष पछि यस्तो उत्साह देखिएको हो। सोमबार घटेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो। यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २ हजार ३५०.४२ को विन्दुमा पुगेको थियो।
यस्तै मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ। सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।