कुश्मा– पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन सुरु गर्ने बताएको छ।
_x000D_
_x000D_
२० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो।
_x000D_
_x000D_
स्थानीयबासीको अवरोध र प्राकृतिक प्रकोप लगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको भनाइ आयोजनाको छ।
_x000D_
_x000D_
आयोजनाले ६० महिनामा उत्पादन सुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो। ‘वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारणले उत्पादन तोकिएको मितिमा हुन सकेन’ आयोजना प्रमुख पवनकुमार यादवले भने, ‘अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दैछौँ।’
_x000D_
_x000D_
उनले निर्माणकै क्रममा देशमा विभिन्न चरणका चुनाव भएको र सोका कारण समेत काम समयमै सक्न केही ढिलाइ भएको स्वीकार गरे। अहिले काम तीव्र गतिमा भइरहेको र दशैँ अगाडि सक्नेमा शंका नगर्न उनले आग्रह गरे।
_x000D_
_x000D_
आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन्। मोदी गाउँपालिकाको तिलाहारबाट ४ हजार २ सय मिटर लामो सुरुङ बनाएर आयोजनाको पावरहाउस कुश्मा नगरपालिका–८ परादीमा राखिएको छ।
_x000D_
_x000D_
३ अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण सुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढदै गएको छ। आयोजनाको अहिले ९५ प्रतिशत काम सकिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।