काठमाडौं- अस्कर अवार्डका लागि नेपाली फिल्म ‘पञ्चायत’ छानिएको छ। एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ का लागि घोषणा गरिने ९१औं ‘द अस्कर अवार्ड’का लागि नेपालबाट फिल्म ‘पञ्चायत’ छानिएको हो। केही दिन अघि विदेशी भाषाका सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धीका लागि नेपालबाट २०७४ असोज १५ बाट २०७५ असोज १५ सम्म सार्वजनिक भएका नेपाली फिल्महरुको सहभागिता आह्वान गरिएको थियो। जसमा फिल्म ‘तान्द्रो’, ‘पञ्चायत’ तथा ‘माइ लभ प्रोमिश फर काठमाडौं’ दर्ता भएका थिए।
_x000D_
_x000D_
एकेडेमीले आह्वान गरेबमोजिम सबै मापदण्ड पूरा गरेको फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयलगायतका कारण समितिले फिल्म ‘पञ्चायत’ छनौट गरेको समितिका सदस्य सामिप्यराज तिमिल्सिनाले जानकारी दिए। फिल्म छनौट समितिमा संयोजक बिमल पौडेल छन् भने प्रदीपकुमार उपाध्याय, सामीप्यराज तीमल्सिना, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाई सदस्य रहेका थिए।
_x000D_
_x000D_
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको ‘पञ्चायत’लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन्। रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
यसअघि फिल्मले कथावस्तु र अभिनेत्री निताको जीवन्त अभिनयका कारण अमेरिकाको क्यालिफोर्नियामा भएको ‘सान्-न्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाका २ सय १६ वटा चलचित्रलाई उछिन्दै ‘बेष्ट लिडिङ एक्ट्रेस’अवार्ड समेत हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।