काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग आज छलफल गर्दैछ। केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिमा सुझाव संकलन गर्न १ बजे छलफल बोलाएको हो।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठले बैंक, वित्तीय संस्था, निजी क्षेत्रका प्रतिनिधिसमेत डाकेर आजै छलफल गर्न लागिएको बताए। छलफलबाट प्राप्त उचीत सुझावलाई मौद्रिक नीति तर्जुमाका क्रममा समेटिने उनले बताए।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको तयारी गरिरहेको छ। साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति आउने गभर्नर महाप्रसाद अधिकारीले बताइसकेका छन्। बैंकले पहिलोपटक मौद्रिक नीतिकै लागि भनेर विज्ञसहितको सुझाव समितिसमेत गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।