दाङ- दाङको घोराहीबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। करीब ३ लाख नगदसहित १२ जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
_x000D_
_x000D_
दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ कपासीमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए।
_x000D_
_x000D_
उनीहरुबाट तीन गड्डी ताससहित २ लाख ८९ हजार १ सय नगद बरामद गरिएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।