काठमाडौं- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न नदिन नहुने स्पष्ट पारेकी छिन्।
_x000D_
_x000D_
पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार कमजोर हुने चेतावनी पनि दिइन्। शनिबार अाफैले लेखेको पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उनले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने पनि स्मरण गराइन्।
_x000D_
_x000D_
विधिको शासनलाई मार्गनिर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने उनको तर्क छ।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश कार्कीलाई साहसी प्रधानन्यायाधीशको रुपमा चित्रण गरे। कार्की प्रधानन्यायाधीश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उहाँको दाबी थियो।
_x000D_
_x000D_
कार्कीले प्रधानन्यायाधीशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा पुस्तकमा चर्चा गरिएको छ। पूर्व प्रधानन्यायाधीश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको पनि स्पष्ट पारेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।