काठमाडौं– नेपाली कांग्रेसले राजनीतिक स्थायित्व,आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको जनाएको छ।
एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।