काठमाडौं– सरकार परिवर्तनको हल्लाका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले तत्का गठबन्धन भत्किने कुनै सम्भावना नभएकोव बताएका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका हुन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो। ओली र प्रधानमन्त्रीको छलफल भएको छ। बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ।’
मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।