काठमाडौं– सत्ता फेर बदलको चर्चाले सत्तारुढ र प्रतिपक्षी दलबीच तरंग उत्पन्न भएको छ। केहीबेरअघि बसेको मन्त्रीपरिषद् बैठक सकिएलगत्तै नेकपा एमालेका मन्त्रीहरु बालकोट प्रस्थान गरेका छन्।
कांग्रेससँग मिलेर सत्ता समिकरण बनाउने चर्चाबीच प्रतिपक्षी कांग्रेस र एमाले सक्रिय देखिएको छ। जसका बारेमा छलफल गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मन्त्रीहरु गएका हुन्।
स्रोतका अनुसार एमालेबाट मन्त्री भएकाहरुले आजै वा भोलिसम्म राजीनामा दिने सम्भावना देखिएको छ। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार परिवर्तनको चर्चा सुरु भएको हो।
यद्दपि सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा ओलीले अहिले सत्ता समिकरण परिवर्तनको कुनै आवश्यकता नभएको बताएका थिए। कांग्रेसले पनि सोमबार अपरान्ह सभापति देउवानिवासमा यही विषयमा छलफल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।