राजविराज– चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै शनिबार राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल तोडफोड भएको छ।
_x000D_
_x000D_
सर्पले टोकेर अस्पताल भर्ना गरिएका सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन्।
_x000D_
_x000D_
सिद्धार्थलाई शुक्रबार राती करीब ८ बजे सर्पले टोकेको थियो। सिकिस्त अवस्थामा रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएका बालकको उपचार हुन नसकेपछि सगरमाथा अञ्चल अस्पतालमा ल्याईएको थियो।
_x000D_
_x000D_
चिकित्सकले बालकको मृत्यु भईसकेको घोषणा गरेपछि उनको शवलाई राती नै पोष्टमार्टम कक्षमा राखिएको थियो। शनिबार बिहान छोराको अनुहार हेर्न पोष्टमार्टम कक्षमा पुगेका अशोकले छोराको शरीर हल्लिरहेको देखे। तत्कालै छोरालाई अर्को अस्पतालमा रेफर गर्न वा आफुहरुको जिम्मा लगाउन दबाब दिए। तर अस्पतालले यी दुवै कुरा नमानेपछि अस्पतालमा तनाव शुरु भएको थियो।
_x000D_
_x000D_
बालकको मृत्यु भईसकेको र आवश्यक प्रक्रिया पूरा नगरी जिम्मा लगाउन नसकिने स्वास्थ्यकर्मीले जवाफ दिएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गर्नुका साथै बालकको शव झिकेर लगेको स्वास्थ्यकर्मीले बताए। अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।
_x000D_
_x000D_
सिराहाको मिर्चैया नगरपालिका चोहरबास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएका सिद्धार्थलाई त्यहाँ पनि मृत घोषणा गरिएको छ। चिकित्सकको लापरबाहीकै कारण बालकको मृत्यु भएको आफन्तले दाबी गरेका छन्।
_x000D_
_x000D_
स्वास्थ्यकर्मीले भने बिना कारण अस्पतालमा तोडफोड गरेको र स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै अस्पतालको सेवा ठप्प पारेका छन्।
_x000D_
_x000D_
समस्या समाधानका लागि राजविराज नगरपालिकाका मेयर शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, अस्पतालका मेसु डा. चुमनलाल दास, सप्तरीका एसपी राजेन्द विष्ट तथा मृत बालकका आफन्त र स्थानीयबासी छलफलमा जुटेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।