काठमाडौं- लेखक सुविन भट्टराईद्धारा लिखित पाँचौ कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ। अभिनेत्री आँचल शर्मा, गायिकाद्वय शीतल मोक्तान र सुवानी मोक्तानले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
_x000D_
_x000D_
कार्यक्रममा अभिनेत्री आँचल शर्माले सुविनका यसअघिका कृतिले आफ्नो मन छोएको र यसले पनि आफ्नो र पाठकको मन छुनेमा आशावादी रहेको बताईन्। उनले भनिन्,‘म सुविनका अन्य कृति जस्तै ‘प्रिय सुफी’ पढ्न आतुर छु र सुविन दाईले भनेजस्तै पुस्तकले सबै पाठकलाई प्रेरित गर्न सकोस्।’
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै लेखक भट्टराईले आफ्ना अघिल्ला कृतिलाई जसरी पाठकले मन पराइदिनु भएको थियो त्यसरी नै ‘प्रिय सुफी’लाई पनि पराइदिनेमा आफू विश्वस्त रहेको बताए।
_x000D_
गायिका शीतल र सुवानी मोक्तानको सांगीतिक प्रस्तुतिसहित विमोचन गरिएको पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।
_x000D_
_x000D_
सुविनको ‘प्रिय सुफी’ यसअघिका पुस्तक जस्तै प्रेममा आधारित पुस्तक हो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।