एजेन्सी- गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘बत्ती गुल मिटर चालु’ले भारतीय बक्स अफिसमा निराशाजनक व्यापारको सुरुवात गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार साहिद कपुर र श्रद्धा कपुरको अभिनय रहेको फिल्म प्रदर्शनमा आएको पहिलो दिन ६ करोड ७२ लाखको व्यापार गरेको छ। यसअघि प्रदर्शनमा आएको फिल्मको ४ गुणाले कम हो।
_x000D_
_x000D_
यसअघि सार्वजनिक साहिद अभिनित फिल्म ‘पद्यमावत’ हो। फिल्मले पहिलो दिन बक्स अफिसमा २४ करोड माथीको व्यापार गर्न सफल भएको थियो। तर फिल्म ‘बत्ती गुल मिटर चालु’बाट भने त्यस्तो सफलता हात पार्न यसपटक साहिद चुकेका छन्।
_x000D_
_x000D_
बिजुली विभाग र विभाग भित्रका कर्मचारीहरुको घोटालासम्बन्धी कथावस्तुमा तयार फिल्म ‘बत्ती गुल मिटर चालु’को निर्देशन श्रीनारायण सिंहले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।