काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२औं महाधिवेसन घोषित समयमा नहुने संकेत देखिएको छ। कार्तिक १६ देखि १८ गतेसम्मका लागि घोषणा गरिएको संघको अधिवेसन हुने–नहुनेमा अन्योल थपिएको हो।
_x000D_
_x000D_
निर्देशक समितिले दिएको निर्देशन अनुरुप संघको केन्द्रीय समितिको बैठकले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको थियो। साथै संघले निर्देशक समितिलाई संशोधित विधानसमेत बुझाएको थियो। नयाँ विधान अनुसार संघको महाधिवेसन गर्नलाई पार्टीले विधानलाई अनुमोदन गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
तर, निर्देशक समितिका संयोजक डा प्रकाशशरण महत संघको महाधिवेसनलाई ‘वेवास्ता’ गर्दै दक्षिण कोरियाको भ्रमण छन्। ४ दिन अघि कोरिया पुगेका महत थप केही दिन त्यहाँ रहने बताइएको छ। निर्देशक समितिका एक सदस्य भन्छन्, ‘संयोजकले संघको महाधिवेसन नगर्ने नियतले विदेश भ्रमण गरेका हुन्।’
_x000D_
_x000D_
निर्देशक समितिका संयोजकलाई नयाँ विधानअनुसार महाधिवेसन गर्न निर्देशन दिएपछि त्यसलाई सहजता प्रदान गर्नुभन्दा महत टार्र्ने काममा उद्दत देखिएको आवाज उठ्न थालेको छ। संघको विधानलाई केन्द्रीय समितिले पछि अनुमोदन गर्नेगरी पार्टी सभापति शेरबहादुर देउवाले निर्णय गराउन सक्छन्। सभापतिले निर्धारित समयमा महाधिवेसन गराउनका लागि बाटो खुला नगरिदिएर विघटन गर्न चाहेको ती सदस्यको आरोप छ।
_x000D_
_x000D_
महाधिवेसनका लागि आइतबारदेखि संघले कार्यतालिका तोकेको थियो। तोकिएको समयमा विधान अभावले तल्लो तहका अधिवेसन नहुने भएको छ। संघको विद्यमान विधानमा प्रादेशिक संरचनाको व्यवस्था गरिएको छैन। संसोधित विधानमा भने प्रादेशिक विधानको प्रावधान छ।
_x000D_
_x000D_
नयाँ विधान पार्टीबाट अनुमोदन नभएपनि संघको कार्यतालिका र नियमावलीअनुसार प्रचलित विधानको आधारमा सिटिइभिटी, क्याम्पस र माविको अधिवेसन गर्न पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशन दिएका छन्। तर, नियमावली अनुमोदन नगरी प्रचलित विधान अनुसार तल्लो तहको अधिवेसन गर्न पत्राचार गरेपछि थप अन्योल पैदा भएको छ। केन्द्रीय सदस्य सुशील भट्टले भने, ‘विधान तथा नियमावलीको अभावमा कार्यतालिका अनुसार महाधिवेसन तयारी हुन सक्ने अवस्था छैन।’ चाडपर्वको समयमा हुन लागेको महाधिवेसन पर्वका कारणले पनि प्रभावित हुने देखिएको छ।
_x000D_
_x000D_
भदौ २ गते सकिएको वर्तमान कार्यसमितिको कार्यकाल ३ महिना थपिएको थियो। दुई वर्षे अवधि भित्रै महाधिवेसन हुन नसके बढीमा ३ महिना कार्यकाल थप्न सकिने व्यवस्था छ। विशेष परिस्थितिमा थप्न सकिने प्रावधान अनुरुप संघको निर्देशक समितिले २ मंसिरसम्म कार्यावधि बढाउन निर्देशन दिएको थियो। साथै निर्देशक समितिले संघलाई थपिएको समयमा महाधिवेसन कार्यतालिका र नयाँ विधान बनाउन निर्देशन दिएको थियो।
_x000D_
_x000D_
मंसिर २ भित्र कार्यसमितिको लागि महाधिवेसन नभएमा वर्तमान कार्यसमिति स्वतः विघटन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।